माधव नेपालको अपिल- समाजवादी शक्तिहरू एक ठाउँमा उभिऔँ | Khabarhub Khabarhub

माधव नेपालको अपिल- समाजवादी शक्तिहरू एक ठाउँमा उभिऔँ


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेका छन् ।

जसपा नेपाल पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको समयमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेका हुन् ।

जसपा नेपालको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालले मुलुकमा देखिएका अवरोधहरूलाई हटाउन समाजवादी शक्तिहरूलाई एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।

‘उपेन्द्रजी र हामी केही दिन अगाडीसम्म केन्द्र र प्रदेश सरकारमा सँगै थियौँ, उनले भने ‘समाजवादी मोर्चामा पनि सँगै काम गर्‍यौँ, विचार र मन मिलेको छ भने एक साथ मिलेर अगाडी बढौँ, समाजवादको ध्येय पूरा गरौँ ।’

उनले जसपा नेपाल पछिल्लो समय चुनौतीको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधाहरूलाई पार गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

जसरी उपेन्द्रजी ले चुनौतीको सामना गर्दा खुट्टा कमाउनु भएन र मधेस आन्दोलनको अगुवाइ गर्नुभयो त्यसरी नै जसपा नेपालका नेता कार्यकर्ताहरू समेत विचलित नहुने उनले बताए ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ०३ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ