नेसपाले भन्यो : ‘फ्लोर क्रस’ होइन, कानुन बमोजिम नै विश्वासको मत दियौं | Khabarhub Khabarhub

नेसपाले भन्यो : ‘फ्लोर क्रस’ होइन, कानुन बमोजिम नै विश्वासको मत दियौं


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले गण्डकी प्रदेशमा सांसदहरुले गरेको ‘फ्लोर क्रस’ संविधानले दिएको अधिकार भएको बताएको छ ।

नेसपा प्रवक्ता कृष्णप्रसाद शर्माले सोमबार राति एक विज्ञप्ती जारी गर्दै नेसपा गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको मत संविधान अनुसार नै भएको बताएका हुन् ।

‘गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी विश्वासको मत दिएको अवस्था हो । नेपाल समाजवादी पार्टीले संविधानको मर्म, भावना र मौजूदा कानूनी व्यवस्था बमोजिम गरेको निर्णयलाई फ्लोर क्रस भनी गरिएको प्रचारबाजीबाट भ्रमित नहुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

नेसपाले संविधान धारा १७ को उपधारा (२) खण्ड (ग) र राजनैतिक दलसम्बधी ऐन २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलको छुट्टै स्वतन्त्र अस्तित्वसहित चुनावमा सहकार्य गरेका समेत दाबी गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टीले गत आम निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित गठबन्धन गरी चुनावमा भाग लिएको कुरा बिदितै छ । नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) नेपालको संविधान धारा १७ को उपधारा (२) खण्ड (ग) र राजनैतिक दलसम्बधी ऐन २०७३ को दफा ४९ ले दिएको अधिकार प्रयोग गरी दलको छुट्टै स्वतन्त्र अस्तित्वसहित चुनावमा सहकार्य भएको थियो।’

विज्ञप्ती हेर्नुहाेस्

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ११ : १८ बजे

इतिहासकै एक पक्षीय जितसहित इगाले जितिन् विम्बल्डन

काठमाडौं – अमान्डा अनिसिमोभालाई ६-०, ६-० ले हराउँदै इगा स्वेतकले

‘छाउ गोठ’मा सुतेकी युवतीको सर्पले डसेर मृत्यु

कञ्चनपुर– कञ्चनलपुरमा ‘छाउ गोठ’मा सुतेकी एक युवतीको सर्पले डसेर मृत्यु भएको

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा

भानुभक्तको जन्मस्थललाई साहित्यिक स्थल बनाउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल