मलावीका उपराष्ट्रपति सवार विमान सम्पर्कविहीन « Khabarhub

मलावीका उपराष्ट्रपति सवार विमान सम्पर्कविहीन


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलावीका उपराष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार विमान सम्पर्कविहीन भएको छ ।

मलावीको राजधानी लिलोङवेबाट सोमबार बिहान उडेको उक्त विमानमा उपराष्ट्रपतिसहित १० जना सवार रहेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडार सम्पर्कबाट विच्छेद भएको बीबीसीले जनाएको छ ।

उक्त विमान स्थानीय समय अनुसार बिहान १० बजे देशको उत्तरमा रहेको मजुजु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।

घटनाबारे सम्बोधन गर्दै राष्ट्रपति लाजरस चकवेराले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । विमान वेपत्ता हुनुको कारण खुल्न सकेको छैन ।

 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ९ : ५८ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा