निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताए।

सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उनले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । मुख्यमन्त्री कँडेलले सरकारले बजेट हेरेर कार्यक्रम बनाउने प्रवृत्तिले प्रतिफल आउन नसकेको धारणा राखे । 

‘कार्यक्रम र आवश्यकता हेरेर बजेट बनाउनुपर्ने हो तर बजेट हेरेर कार्यक्रम बनाउन लागिएकोले समस्या भइरहेको छ । कर्णालीमा गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले अब स्रोतसाधन र आवश्यकतालाई ख्याल गरेर आशा जगाउने गरी काम गर्नुपर्ने आवश्यकता छ’, मुख्यमन्त्री कँडेलले भने । 

उनले कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न बुलबुले ताल तथा समग्र क्षेत्रको विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको बताए । कर्णालीको परिचय बदल्न अब सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  १२ : ५१ बजे

फिल्मी बजारमा जाडो, ‘पूर्णबहादुरको सारङ्गी’पछि चल्नै छाडे

काठमाडौं – अहिले नेपाली फिल्मी बजार सुनसान छ । जाडो

गरिबका सन्तान : न परिवारको साथ, न राज्यको

काठमाडौं – पारिवारिक विखण्डनको सबैभन्दा ठूलो असर कलिला सन्तानहरुले भोग्नुपर्ने

माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको

पूर्व-परराष्ट्रमन्त्री साउदद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते