सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध : मन्त्री अर्याल « Khabarhub

सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध : मन्त्री अर्याल


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा सुधारका साथै त्यसक्रममा प्राप्त अनुभव, उपलब्धिबारे जानकारी दिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

मन्त्री अर्यालले मङ्गलबार अपराह्न मलेसियाका मानव संशाधन मन्त्री चि केओङ सिमसँग भेटवार्ता गरे। त्यस अवसरमा उनहरूबीच नेपाली आप्रवासी कामदारका लागि सुरक्षित कामको वातावरण निर्माण र कामदारको सीप अभिवृद्धिमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

त्यसैगरी मन्त्री अर्याल र कतारका श्रम मन्त्री अली समिख अल मारीबीच पनि मङ्गलबार नै भेटवार्ता भएको जनाउँदै उक्त नियोगले दुवै मन्त्रीले नेपाली कामदारको समस्या समाधान र कामको अवस्था सुधार गर्न द्विपक्षीय सहयोगलाई सुदृढ बनाउने उपायबारे छलफल गरेको जनाएको छ ।

मन्त्री अर्याल राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा आज सामेल हुनेछन् । मन्त्री अर्याल शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ७ : ३१ बजे

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता