मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेट, नेपाली निर्यातलाई सघाउने प्रतिबद्धता « Khabarhub

मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेट, नेपाली निर्यातलाई सघाउने प्रतिबद्धता


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । 

मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए। उनले राजदूतसँगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे । 

मन्त्री भण्डारीले भने, ‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ, त्यसपश्चात्को केही वर्षका लागि अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन पनि आग्रह गर्दछु ।’ 

उनले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्न उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारका लागिसमेत भेटमा अनुरोध गरे। 

भेटमा राजदूत फेनले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको जनाउँदै नेपाल सरकारसँग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राखे। उनले भेटमा नेपाली निर्यातलाई प्रवर्द्धन गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

 राजदूत फेनले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको जनाउँदै नेपाल र विश्व बजारका बीचमा आफूले सेतुको भूमिका खेल्ने बताए। 

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १ : ४० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था