बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ : सांसद  कंसाकार « Khabarhub

बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ : सांसद  कंसाकार


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले जलनको उपचार र जलनपीडित आगामी आवको बजेटको प्राथमिकतामा नपरेको भन्दै जलन उपचार कोषको व्यवस्था हुनुपर्ने माग गरिन्।

सदनमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद कंसाकारले जलनपीडितलाई अन्य दीर्घरोग, मिर्गौला र क्यान्सरका बिरामीलाई सरह स्रोत साधन र अस्पतालको व्यवस्था गर्न माग गरिन् ।

प्रधानमन्त्रीले कैयौँ पटक जलन अस्पताल खोल्ने कुरा गरे पनि बजेटको प्राथमिकतामा पर्न नसक्दा यसले देशभरका जलनपीडितलाई सान्त्वनासम्म दिन नसकेको सांसद कंसाकारले बताइन्।

सांसद कंसाकारले देशभर जलन अस्पताल पर्याप्त नभएको बताइन् । जलनको उपचार केन्द्रमा सीमित र महङ्गो उपचार शुल्कतर्फ समेत ध्यान दिनुपर्ने भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन्। 

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ४ : ०३ बजे

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण