कुवेतको एक आवासीय भवनमा आगलागी, ४० जनाको मृत्यु « Khabarhub

कुवेतको एक आवासीय भवनमा आगलागी, ४० जनाको मृत्यु


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । 

यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्ने गरेको बताइएको छ । एक रिपोर्टका अनुसार मृत्यु हुनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेको छ। भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको अवलोकन गरेका छन् । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । 

कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन्। यो देश विशेषगरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छ । मानव अधिकार समूहहरूले कुवेतमा प्रवासीहरूको जीवनस्तरमाथि धेरै पटक प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ४ : ४७ बजे

सुनिता उपत्यकाबाट केन्द्रीय सदस्यको उम्मेदवार सुवाङ समेटिएनन्

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट केन्द्रीय सदस्यमा महिला

ज्ञवालीको असन्तुष्टिबीच शंकरले दिए महासचिवमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल पुन महासचिवमा उम्मेदवारी दिएर

ओलीले नपत्याएपछि लालबाबुले एक्लै दिए सचिवमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको सूचीमा

शंकर पोखरेलले दिए महासचिव पदमा उम्मेदवारी, ज्ञवाली असन्तुष्ट

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेरि महासचिव पदका लागि

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं– काठमाडौं महानगरपलिका-३० डिल्लिबजार डेरा गरी बस्ने प्रदिप अग्रवालको कोठामा सोमबार बिहान