आजका समाचार : उपेन्द्र यादव फेरि अध्यक्ष, राष्ट्रपति जेनेभामा र कर्मचारीलाई प्रधानमन्त्रीको कडा निर्देशन | Khabarhub Khabarhub

 आजका समाचार : उपेन्द्र यादव फेरि अध्यक्ष, राष्ट्रपति जेनेभामा र कर्मचारीलाई प्रधानमन्त्रीको कडा निर्देशन


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- हस्, भइहाल्छ भन्ने होइन, कार्यसम्पादन र व्यवहारमा देखाउनू
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै कर्मचारीको नतिजासूचकसहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली कार्यान्यवन गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्रीले सबैको कार्यसम्पादनस्तर र व्यवहारमासमेत रूपान्तरण आवश्यक भएको बताए ।


‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारीता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।’

राष्ट्रपति पौडेल जेनेभामा

मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेट, नेपाली निर्यातलाई सघाउने प्रतिबद्धता

सभामुख र युएईका राजदूतबीच भेट, नेपाली उत्पादन निर्यातमा सहजिकरण गरिदिन आग्रह

थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी : माधव नेपाल

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि छलफल
प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकम माथि छलफल जारी रहेको छ ।

आजको बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको हो ।


ती मन्त्रालयका उल्लिखित रकम घटाइयोस् भनी विभिन्न छ जना सांसदले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । उक्त प्रस्ताव राख्ने सांसद्हरुमा प्रेम सुवाल, डा रमेश अम्रेसकुमार सिंह, अजरकुमार चौरासिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियार थिए।

प्रतिनिधिसभा बैठक : कर्णालीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्नुपर्छ : सांसद श्रेष्ठ

‘क्यान’ भित्रको अनियमितता छानबिन गर्न माग

नेपाली सेनामा गणतन्त्र आएको छैन : पृथ्वीसुब्बा गुरुङ

बजेटमा जलन उपचार कोषको व्यवस्था हुनुपर्छ : सांसद कंसाकार

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रीय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।

निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदका लागि यादवको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्षबाहेक पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली सार्वजनिक भइसकेको छैन । जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ ।

पार्टी फुटाउने प्रयास भयो : अध्यक्ष नेपाल

जसपा महाधिवेशन : अध्यक्षबाहेकका पदमा निर्वाचन हुँदै, धमाधम मनोनयन

एकीकृत समाजवादीले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने

गण्डकीमा ‘फ्लोर क्रस’ : माओवादीले देवकोटालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

एमाले सांसदले लगाए अमेरिका पुगेका क्यान पदाधिकारीमाथि भ्रष्टाचार आरोप

एनपी साउदको टिप्पणी : प्रचण्डले भारत भ्रमणलाई उपलब्धिमूलक बनाउन सकेनन्

ऋण तिर्ने पैसो जुटाउन लुटपाटको बाटो रोजेका थिए एकेन्द्रले
जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा दम्पतीको हत्या लुटपाटका क्रममा भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गरेर मानबहादुर बल र श्रीमती केकै माया तामाङको हत्यामा हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एकजना पुरुषलाई सार्वजनिक गरेको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तीनखुट्टेमा जेठ ७ गते भएको दम्पती हत्यामा संलग्न ३८ वर्षीय एकेन्द्र सार्कीलाई सार्वजनिक गरेको हो ।

मधेश सरकारको निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश

अरुण तेस्रोमा पहिरो, सुतिरहेका एक मजदुरको मृत्यु, दुईजना घाइते

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

काठमाडौंमा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदै

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा तीनवटै अभियोगमा दोषी ठहर
अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा संघीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ ।

यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो ।


राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागू औषधको नशामा सन् २०१८ मा हाते बन्दुक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको हो ।

हन्टर बाइडेनका बुबाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेका समयमा यो निर्णय आएको हो ।

फ्रान्सेली प्रधानमन्त्री अट्टलले म्याक्रोँको चुनावी अभियानको नेतृत्व गर्ने

रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु

कुवेतको एक आवासीय भवनमा आगलागी, ४० जनाको मृत्यु

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दाबी

नतिजा आएको आठ दिनपछि चीनले दियो मोदीलाई बधाई

भारतको नयाँ सेना प्रमुखमा उपेन्द्र द्विवेदी

पाकिस्तानमा अतिवादीहरुबाट ज्यादतीका घटना बढ्दै

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ०० बजे

बागमती प्रदेशसभा : विधेयक छलफलका लागि समितिमा पठाइयो

मकवानपुर– बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा

दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापकको मृत्यु

धनगढी– दार्चुलामा भीरबाट खसेर एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ

पाथीभरा केबलकार बन्दा ताप्लेजुङवासीले रोजगारी पाउँछन् : चन्द्र ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार

हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता

एजेन्सी – सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको

उडुस मारेर वार्षिक १७ लाख नाफा कमाइरहेका युवा

काठमाडौं – ओछ्यानका पत्रदेखि लगाउने कपडासम्म पसेर रगत चुस्दै चिड्चिडाहट