चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु, ३ जना पक्राउ « Khabarhub

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु, ३ जना पक्राउ


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

दाङ– चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ ।

भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जले पनि उपचार सम्भव नभएको भन्दै भारत पठाएको थियो ।

खड्कालाई मंगलबार राति घर नजिकै बसिरहेको अवस्थामा युवाको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षीय विनाश पुनलाई पक्राउ गरेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १ : ४७ बजे

डुबेर तीन वर्षीय बालकको निधन

झापा – झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्र

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले

रास्वपाको केन्द्रीय समिति बैठकबाट बालेनसँगको सहमति अनुमोदन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

भोजपुर – पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३