आजका समाचार : सकियो जसपाको महाधिवेशन, टिकटक खुलाउने सरकारको संकेत | Khabarhub Khabarhub

आजका समाचार : सकियो जसपाको महाधिवेशन, टिकटक खुलाउने सरकारको संकेत


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट रेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन पुगेका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक हुंग्बोबीच स्वीजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो ।


सो अवसरमा राष्ट्रपति पौडेलले महानिर्देशक हुंग्बोलाई सम्मेलनको मुख्य वक्ताका रुपमा आमन्त्रण गरेकोमा आभार प्रकट गर्दै अन्तर्राष्ट्रिय श्रम संगठनले मर्यादित काम तथा श्रमको अधिकार सुनिश्चित गर्ने तथा सामाजिक संवाद र सामाजिक सरंक्षणका क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे।

सरकारको स्पष्टीकरण : टिकटक कानूनी दायरामा आए प्रतिबन्ध लाग्दैन

मन्त्रिमण्डल हेरफेरबारे थाहा छैन, प्रधानमन्त्रीलाई सोध्छु : माधव नेपाल

जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध हुनुपर्छ : उपसभापति खड्का

प्रदीप पौडेल र मेयर बालेनबीच भेट, चक्रपथ निर्माणबारे छलफल

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत

घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग
नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सरकारले दुख दिएको आरोप लगाउदै घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले बायोमेट्रिक गर्न सास्ती खोप्नु परेको भन्दै दुख नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले टोली घर घरमै खटाउने व्यवस्था मिलाएर अर्को वर्षदेखि नयाँ नियम लागू हुनेगरि व्यवस्था गर्न समेत माग गरेका छन् ।

प्राकृतिक विपदको पूर्वतयारी सन्तोषजनक छैन : योगेश भट्टराई

सांसदद्वय केसी र मण्डलको संसद्को अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ: मन्त्री सुमना श्रेष्ठ

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

जसपाको महाधिवेशन सम्पन्न, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई
जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

आज दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो । अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका स्थगित गरी सहमतिबाट चयन गर्ने निर्णय भएको हो । अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिए। उनका अनुसार अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसलाई अनुमोदन हुनेछ ।

जसपा नेपालको अध्यक्ष निर्विरोध, अन्य पदका उम्मेदवारको सूची सार्वजनिक

जसपा नेपालले रोक्यो निर्वाचन प्रक्रिया, सबै पदको टुंगो सहमतिबाट लगाइँदै

कोशी सरकारविरुद्धको रिट हेर्दाहेर्दैमा

भ्रष्टाचार मुद्दामा दोषी ठहर लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद

लघुवित्तपीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

ताप्लेजुङमा बाढी
बुधबारदेखि भित्रिएको मनसुनका कारण पूर्वी नेपालमा भारी मात्रामा वर्षात् भइरहेको छ ।

वर्षात्का कारण ताप्लेजुङसहितका पहाडी जिल्लामा बाढी आउन थालेको छ ।


ताप्जेजुङको फक्ताङ्लुङ-५ तापेथोकस्थित सिंसावाखोलामा बाढी आउँदा फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र जोड्ने तमोर करिडोर सडक अवरुद्ध भएको छ ।

यो खोलामा आएको बाढीका कारण केही काठे पुल र बाटो पनि बगाएको छ । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

सिंसावा खोलामा आएको बाढी तमोर नदीमा मिसिएपछि करिडोरसमेत ढाकिने गरी ड्यामको आकारमा पानी जम्मा भएको छ ।

तर तमोर नदीबाट पानीको निकास नरोकिएकाले ड्यामको जोखिम भने कम रहेको स्थानीयले बताएका छन् ।

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुर्दा पाँचथरका २५ वर्षीय युवकको मृत्यु

बुधबार साँझ घरबाटै हराएका ५ वर्षीय बालक नहरमा मृत भेटिए

पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

अन्तराष्ट्रिय…

मालदिभ्सलाई भारतको निरन्तर सहयोग
मालदिभ्सले पछिल्लो समय आर्थिक समस्याको सामना गरिरहेको छ । मालदिभ्सको टाउकोमा १ अर्ब ३७ करोड डलर बराबर चिनियाँ ऋणको भार छ, जुन मालदिभ्सको कुल वाह्य ऋणको ४० प्रतिशत हुन आउँछ ।

राष्ट्रपति मोहम्मद मुइज्जुको शासनकालमा मालदिभ्सले एकपछि अर्को परियोजना चिनियाँ कम्पनीलाई प्रदान गर्दै आएको छ । विश्व बैंकले मालदिभ्सले ‘सार्वजनिक ऋण संकटको सामना गर्ने उच्च जोखिम’ रहेको उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री मोदी इटाली प्रस्थान

इमरान खान, कुरेसीलगायत पीटीआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर

रूसी कूटनीतिज्ञको आवागमन रोक्न पत्राचार

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः अजित डोभाल

अष्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो

कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ७ : ५६ बजे

अध्यादेश लोकतन्त्रको भावना विपरीत उपाध्यक्ष श्रेष्ठ

रामपुर– नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी

जब विद्रोह उठ्छ साहित्यले इतिहास लेख्छ : खगेन्द्र संग्रौला

जनकपुरधाम – जनकपुर साहित्य महोत्सवले ‘आन्दोलन र साहित्य’ सत्रले विचार,

वालिङ–हुवास सडक : ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र 

पर्वत– ट्रयाक खुलेको ३२ वर्षपछि जिल्लाको दक्षिणी भेगलाई स्याङ्जासँग जोड्ने

विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह

गुल्मी– सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले विकास–निर्माणका

मधेश राज्यको राजनीतिक खेलको सिकार मात्रै भयो : सांसद परियार

जनकपुरधाम– जनकपुरधाममा जारी छैटौं जनकपुर साहित्य महोत्सवमा ‘राज्यको दृष्टिमा मधेश’