जेठमा एक खर्बको शेयर कारोबार, ११३ अङ्कले बढ्यो नेप्से | Khabarhub Khabarhub

पुँजीबजार

जेठमा एक खर्बको शेयर कारोबार, ११३ अङ्कले बढ्यो नेप्से

कुन साता कस्तो रह्यो बजार ?


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ महिनामा नेपालको शेयर बजारमा उत्साह जागेको देखिएको छ । एकै महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक खर्ब रुपैयाँ हाराहारीमा शेयर कारोबार र ११३ अङ्कको वृद्धि देखिएको हो ।

जेठमै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्यायो । अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत बजेटले शेयर बजारमा त्यस्तो उत्साह नजगाए पनि समग्रमा जेठ शेयर बजार सकारात्मक महिनाकै रूपमा रह्यो ।

नेप्सेमा जेठ १ देखि ३१ सम्म २१ दिन शेयर कारोबार भएको छ । २१ दिन कारोबार हुँदा ९ दिन बजार घटेको छ भने १२ दिन बजार बढेको छ । महिनाभर बजार ११३.४ अङ्कले बढेको हो ।

वैशाख ३१ गते १९९८.८९ बिन्दुमा रहेको नेप्से परिसूचक जेठ ३१ सम्म आइपुग्दा २११२.२९ बिन्दुमा पुगेको छ । समग्रमा दैनिक औषत ५.४ अङ्कले बजार बढेको छ ।

२१ कारोबार दिनमा करिब एक खर्ब रुपैयाँको शेयर किनबेच भएको छ । जेठमा ९९ अर्ब ७८ करोड ८३ लाख ३० हजार रुपैयाँको शेयर खरिद बिक्री भएको हो । जेठमा औषत दैनिक ४ अर्ब ७४ हजार ९९ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

महिनाभर २१ करोड ६ लाख ७९ हजार १०० कित्ता शेयर कारोबार हुँदा दैनिक औषत १ करोड ३२ हजार ३३८ कित्ता शेयर कारोबार भएको छ । २१ दिनमा १३ लाख ७८ हजार ६६९ पटक शेयर किनबेच भएको हो । औषतमा दैनिक ६५ हजार ६५१ पटक शेयर किनबेच भएको छ ।

जेठको पहिलो साता ३ दिन कारोबार
जेठ १ गते मंगलबार परेकाले जेठको पहिलो सातालाई ३ दिनको सातामा मात्र बाँड्दा नेप्से १९.८७ अङ्कले बढ्यो । बैशाख ३१ गते १९९८.८९ बिन्दुमा रहेको नेप्से परिसूचक जेठ ३ गते बिहीबारसम्म आक्पुषग्दा २०१८.७८ अङ्कमा पुग्यो । ३ दिनमा औषत दैनिक नेप्से ६.६२ अङ्कले बढ्यो ।

३ दिनमा ११ अर्ब ८९ करोड ६५ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भयो । कारोबारको हिसाबले पनि जेठ महिनामा राम्रो नै सुरुवात भयो । ३ दिनमा औषत ३ अर्ब ९६ करोड ५५ लाख १२ हजार रुपैयाँको कारोबार भयो ।

जेठको पहिलो ३ दिनमा २ करोड ४२ लाख ६५ हजार ६८२ कित्ता शेयर कारोबार भयो । ३ दिनमा औषत ८० लाख ८८ हजार ५६० कित्ता शेयर किनबेच भयो । ३ दिनमाजम्मा १ लाख ७१ हजार ४०६ पटक शेयर खरिद-बिक्री भएकोमा औषत दैनिक ५७ हजार १३५ पटक शेयर खरिद-बिक्री भयो ।

दोस्रो साता ४५ अङ्क वृद्धि
जेठ महिनाको दोस्रो साता अर्थात् ६ देखि ९ गतेसम्म नेप्से ४५.७ अङ्कले बढ्यो । जेठ १० गते बिहीबार बुद्धजयन्तीका दिन सार्वजनिक बिदा हुँदा शेयर बजार पनि बन्द भयो ।

नेप्सेमा दोस्रो साता ४ दिनमात्र कारोबार भयो । पहिलो साता बिहीबार २०१८.७८ अङ्कमा पुगेको नेप्से परिसूचक बुधबारसम्म बढेर २०६४.४५ बिन्दु कायम भयो । ४ दिनमा दैनिक औषत ११.४२५ अङ्कले नेप्से बढ्यो ।

दोस्रो साता ४ दिनमा जम्मा २१ अर्ब ८६ कारोड ६५ लाख ५६ हजार रुपैयाँको कारोबार भयो । दैनिक औषत ५ अर्ब ४६ करोड ६६ लाख ३९ हजार रुपैयाँको कारोबार भयो । कारोबारका हिसाबले दोस्रो साता निकै राम्रो देखियो ।

साताको ४ दिनमा ४ करोड ९२ लाख ४२ हजार ५८४ कित्ता शेयर कारोबार हुँदा औषतमा दैनिक १ करोड २३ लाख ३५ हजार ८९६ कित्ता शेयर कारोबार भयो ।

तेस्रो साता बजेट प्रस्तुत, जगाएन उत्साह
जेठको तेस्रो साता नेप्सेका लागि राम्रो साता रहेन । नेप्से एक सातामै ६१.९६ अङ्कले घट्यो ।

सोही साता सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरे पनि बजार भने गिरावट आयो । बजारमा गिरावट आए पनि कारोबारको हिसाबले भने निकै राम्रो देखियो । सो साता दैनिक औषतमा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भयो ।

दोस्रो साताको बिहीबार २१३१.४९ बिन्दुमा रहेको नेप्से परिसूचक ६१.९६ अङ्कले घटेर तेस्रो साताको बिहीबारसम्म आउँदा २९६९.५३ अङ्कमा पुग्यो । तेस्रो साता मंगलबार गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द भयो । तेस्रो सातामा ४ दिनमात्र कारोबार हुँदा नेप्से दैनिक औषत १५.४९ अङ्कले घट्यो ।

तेस्रो साता ४ दिनमा १७ अर्ब ८ लाख ८९ हजार रुपैयाँको कारोबार हुँदा दैनिक औषत ४ अर्ब २५ करोड २ लाख २२ हजार रुपैयाँको कारोबार भयो । ४ दिनमा ३ करोड ७३ लाख ९५ हजार ९२५ कित्ता कारोबार हुँदा दैनिक औषत ९३ लाख ४८ हजार ९८१ कित्ता शेयर कारोबार भयो ।

चौथो साता २० अर्ब ५९ करोडको कारोबार
चौथो साता नेप्से ८ अङ्कले बढ्यो । साताको पाँचै दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन बजार घट्यो ।

आइतबार बजारमा १३ अङ्कको बढोत्तरी हुँदा सातामा बढी दिन बजार घट्दा पनि समग्रमा सातामा ८ अङ्कले नेप्से बढेको देखिन्छ । चौथो साता ८.२५ अङ्कले बजार बढ्दा दैनिक औषत १.२५ अङ्कले नेप्से बढ्यो । ५ दिनमा २० अर्ब ५९ करोड ३५ लाख ३१ हजार रुपैयाँको कारोबार हुँदा औसत प्रत्यकदिन ४ अर्ब ११ करोड ८७ लाख ६ हजार रुपैयाँको कारोबार भयो ।

चौथो साता ५ दिनमा ४ करोड ७ लाख ३७ हजार ५७२ कित्ता शेयर कारोबार हुँदा दैनिक औषत ८१ लाख ४७ हजार ५१४ कित्ता शेयर कराबार भयो । ५ दिनमा २ लाख ८५ हजार ६३० पटक शेयर किनबेच हुँदा दैनिकऔसत ५७ हजार १२६ पटक शेयर किनबेच भयो ।

पाँचौ साता दैनिक औषत ६.९०२ अङ्कको वृद्धि
जेठको पाँचौ अर्थात्‌ अन्तिम साता नेप्से समग्र रूपमा सकारात्मक देखिएको छ । सातामा ५ दिन नै कारोबार हुँदा अन्त्यमा नेप्से ३४.५१ अङ्कले बढेको हो ।

चौथो साताको बिहीबार २०७७.७८ बिन्दुमा रहेको नेप्से यो साता र महिनाकै अन्तिम कारोबार दिन बिहीबार २११२.२९ अङ्कमा पुगेको छ । पाँचौ साता ५ दिन कारोबार हुँदा २ दिन बजार घट्यो भने ३ दिन बढ्यो । पाँचौ साता नेप्से औषतमा दैनिक ६.९०२ अङ्कले बढेको हो ।

अन्तिम साताको ५ दिनमा २८ अर्ब ३९ करोड १० लाख १३ हजार रुपैयाँ बराबरको जम्मा कारोबार हुँदा दैनिक औषत ५ अर्ब ६७ करोड ८२ लाख २ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

५ दिनमा ५ करोड ८९ लाख ३६ हजार ३३७ कित्ता शेयर कारोबार हुँदा दैनिक १ अर्ब १७ करोड ८७ लाख २६७कित्ता शेयर किनबेच भयो ।

पाँचौ साता ३ लाख ६५ हजार ६८० पटक शेयर किनबेच भएको छ । जसमा औषत दैनिक ७३ हजार १३६ पटक कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : २८ बजे

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन– मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को