मुख्यमन्त्री कार्कीद्वारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल « Khabarhub

मुख्यमन्त्री कार्कीद्वारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चार जनाको निधन भएको घटनाप्रति दुख व्यक्त व्यक्त गरेका छन्। 

उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेका हुन् । 

शुक्रबार बिहानैदेखि उनले सुरक्षा निकायका प्रमुखहरू र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन संवाद गरी जिल्लाको अवस्था बुझेका छन् ।

प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई भौतिक र मानवीय क्षति कम गर्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा पनि उनले कुराकानी गरेका छन् । जिल्लामा सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेका राहत र उद्धारका कामहरूका विषयमा पनि उनले चासो राखेका छन्। 

अहिले बाढी पहिरो र वर्षाको समय भएकाले यस्तो बेलामा प्रदेश सरकारबाट गर्न सकिने सहयोग र उद्धारका बारेमा पनि मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छन् । 

उनले राजनीतिक दल, सामाजिक अभियन्ता र स्वयंसेवकहरूलाई  समेत काम गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : ३५ बजे

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं