काठमाडौं– फ्रान्सको पेरिसमा जारी पाराओलम्पिको तेक्वान्दोतर्फ नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाएकी पलेशा गोवर्धनको चौतर्फी प्रशंसा भएको छ । सर्वसाधारणदेखि दलका शीर्ष नेतासम्मले पलेसालाई बधाई दिएका हुन् ।
पलेसाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको खेलमा शुक्रबार सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा लेखेकाा छन्, ‘पेरिस पाराओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ, पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बधाई !’
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि फेसबुकमै ‘नेपालकी पलाशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा हिमाली एसियाली राष्ट्रबाट पदक जित्ने पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन् । पलासालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ’ लेखेका छन् ।
अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि फेसबुकमा ‘पलेशा गोवर्धनको ऐतिहासिक उपलब्धि नेपालका लागि गर्वको विषय हो’ लेखेका छन् ।
प्रतिक्रिया