सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै | Khabarhub Khabarhub

सङ्खुवासभाको सिसुवा पहिरो विस्थापितका घर निर्माण हुँदै


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खाँदबारी – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा र चेप्चेवाको पहिरोबाट विस्थापितहरूका लागि चार वर्षपछि घर निर्माण गर्न थालिएको छ ।

विसं २०७७ असार २७ गते मध्यरातमा गएको पहिरामा पुरिएर बेसिन्दा गाउँका ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घरमा क्षति पुग्यो । पहिरोबाट बेसिन्दा र चेप्चेवा गाउँ त विस्थापित नै भएको थियो ।

विस्थापितलाई सिलिचोङ १ को चित्रे, बखल्टुम र खाँदबारी नगरपालिका–७ मा पुनःवासका लागि घर बनाउने निर्णय भएको थियो । विस्थापित भएको चार वर्षपछि यसपटक भने खाँदबारी नगरपालिकाको समन्वयमा सोही वडाको भैरेडाँडामा ५५ परिवारका लागि घर निर्माण सुरू गरिएको नगरप्रमुख महेश थपलियाले जानकारी दिए ।

त्यसका लागि रु एक करोड ३० लाखमा जग्गा व्यवस्थापन गरिएको उनले बताए ।यसैगरी २५ परिवारलाई सिलिचोङ–१ को चित्रेडाँडा र चेप्चेवाका १२ घरलाई बखल्टुममा गरी ३७ परिवारका लागि घर निर्माण भइरहेका छन् ।

चित्रेमा रु ७० लाखमा साढे ५१ रोपनी र बखल्टुममा रु ३४ लाखमा साढे १७ रोपनी जग्गा खरिद गरी पहिरो विस्थापितका नाममा संयुक्त रजिस्ट्रेशन पास भइसकेको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बताए ।

पहिरोलगतै तत्कालीन गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङको संयोजकत्वमा अस्थायी पुनःवास तथा राहत सङ्कलन समितिले विभिन्न सङ्घ संस्थाको पहलमा रु ७९ लाख ८७ हजार ५ सय ८५ नगद र जिन्सी सङ्कलन गरेको थियो ।

उक्त रकम दुई तहमा वर्गीकरण गरेर वितरण गरिएको पालिका अध्यक्ष मेवाहाङले बताए । उनले दिएको जानकारीअनुसार क वर्गका १० घर परिवारलाई प्रतिघर रु एक लाख र बाँकी ८२ परिवारलाई शौचालय निर्माणका लागि प्रतिघर रु ६४ हजार नौ सय ७७ का दरले उपलब्ध गराइएको थियो ।

पहिरो गए लगत्तै विस्थापितलाई अस्थायी बासस्थानका लागि राखिएको चित्रे गाउँको सरसफाइका लागि रु ३५ हजार यही कोषबाट दिइएको थियो । यसबाहेकका रु ६९ लाख ५२ हजार पाँच सय ५० बेसिन्दा र चेप्चेवाका विस्थापितलाई हस्तान्तरण गरिएको उनले बताए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ४७ बजे

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी– धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न

किसानकाे आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

बागलुङ- बागलुङ नगरपालिका– ५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको

विधायन व्यवस्थापनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक