१४ औं ओभरमा नेपालले तेस्रो विकेट गुमायो : अनिल शाह आउट « Khabarhub

१४ औं ओभरमा नेपालले तेस्रो विकेट गुमायो : अनिल शाह आउट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई विकेट गुमाएको नेपालले १४ औं ओभरमा तेस्रो विकेट गुमाएको छ । अनिल शाह २४ बल खेल्दै २७ रन बनाएर आउट भएका हुन् । उनी एडेन मार्करामको बलमा आउट भएका हुन् । उनले तीन चौका र एक छक्का प्रहार गरे ।

यसअघि पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको थियो । नेपालको दुई विकेट दक्षिण अफ्रिकाका तबरेज शम्सीले लिएका हुन् ।

कुशल भुर्तेलले २१ बलको सामना गर्दै १२ रन बनाए भने कप्तान पौडेल २ बल खेल्दै शून्यमा आउट भए । दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ८७ रन बनाएको छ । क्रिजमा आशिफ शेख र दीपेन्द्रसिंह ऐरी छन् । दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर नेपाललाई ११६ रनको चुनौती दिएको हो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ०८ बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू