१७ अंकले घट्यो शेयर बजार, साढे ५ अर्बको कारोबार  « Khabarhub

१७ अंकले घट्यो शेयर बजार, साढे ५ अर्बको कारोबार 


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिनाको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४ अंकले ओरालो लागेको छ । आइतबार परिसूचक शून्य दशमलव ८० प्रतिशतले घटेर २०९५ को विन्दुमा पुगेको हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इडेक्स पनि ३ दशमलव २५ अंकले ओरालो लागेको छ । आज ७१ हजार ९सय ९७ कारोबारबाट ३ सय १७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता शेयर किनबेच भएका छन् ।

आज दिनभरिमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ३ : २२ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण