शिवम् सिमेन्टले आयोजना गरेको ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न « Khabarhub

शिवम् सिमेन्टले आयोजना गरेको ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि  ‘उडान –समृद्धि र सहयात्राको’ शीर्षकमा समारोह आयोजना गरिएको थियो ।

उक्त समारोहमा शिवम् सिमेन्टसले ३१ डिलरहरूलाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको थियो । रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत  त्रिनेत्र, सदाबहार, कल्पवृक्षे अवार्ड दिइएको थियो र उत्कृष्ट मध्येका सर्वोत्कृष्ट  चार डिलरहरूलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले ‘विगत पाँच वर्षमा कोभिड १९’ आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरूले देखाएको धैर्यता र एक्यवद्धतालाई आधार मानेर सो शीर्षक राखिएको जानकारी दिए ।

जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुर स्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिल कुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वर प्रसाद गुप्ताले जितेका थिए । त्यस्तै शिवम् सिमेन्टका सर्वोत्कृष्ट विक्रेता अन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका थिए ।

समारोहमा नेपालको चर्चित कलाकारहरूका साथै भारतका ख्यातिप्राप्त कलाकारहरू कृष्ण अभिषेक र सुदेश लेहरीले मनोरञ्जनात्मक प्रस्तुति दिएका  थिए ।

शिवम्  सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सद्भाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिबद्धता जनाए ।

उपस्थित डिलरहरूले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरूबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरूलाई थप ऊर्जा र हौसला प्रदान गर्ने धारणा राखे ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : ०६ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ