सहकारी ठगीबारेको संसदीय समिति बैठकले गर्‍यो यी तीन निर्णय | Khabarhub Khabarhub

सहकारी ठगीबारेको संसदीय समिति बैठकले गर्‍यो यी तीन निर्णय


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिको बैठक सकिएको छ ।

आइतबार अपरान्ह बसेको सहकारी ठगी छानबिन समितिको बैठकले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची तय गरेको हो ।

पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची तय भएको संयोजक सूर्य थापाले बताए । सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरिएको थापाले जानकारी दिए ।

संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिसँग पहिलो चरणमा छलफल गर्ने निर्णय भएको थापाले बताए ।

सहकारीको समस्याबारे बचत अपचलन र दुरुपयोगबारे जानकारी लिने निर्णय पनि गरिएको उनले बताए । थापाका अनुसार सहकारीको रकम हिनामिनाबारे अन्य तथ्य र सूचना लिने निर्णय पनि गरिएको छ ।

‘समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी गरेको छ । कार्यविधिले काम गर्न धेरै आधार दिएको छ । पहिलो छलफल सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिले सहित निकायहरूसँग छलफल र आजको सहकारीको समस्याको बारेमा बचत अपचलन र दुरुपयोगको बारेमा जानकारी लिने निर्णय भएको छ’, उनले भने, ‘त्यसआधारमा अरू तथ्य सूचना प्राप्त गर्नेछौँ । प्रादेशिक सहकारी निकाय र सम्बन्धित स्थानीय तहबाट पनि तथ्यहरू सङ्कलन गर्ने कार्यसूची तय गरेर आजको बैठक सम्पन्न भएको छ ।’

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : २४ बजे

हमासले भोलि थप तीन बन्दीलाई छाड्ने

एजेन्सी – प्यालेस्टाइनको गाजापट्टीमा सक्रिय लडाकु समूह हमासले इजरायलबाट नियन्त्रणमा

रविलाई पौने तीन करोड जुट्दा उनकै कार्यकर्ता एक लाख धरौटी बुझाउन नसकेर जेल चलान

काठमाडौं – सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह

नेपालका पाँच विश्वविद्यालयबीच शैक्षिक र अनुसन्धान सहकार्यका लागि सम्झौता

काठमाडौं – नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने