चट्याङ लागेर एकजनाको मृत्यु « Khabarhub

चट्याङ लागेर एकजनाको मृत्यु


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । 

आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।  

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताए। उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ । 

घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताए।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : ४४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने