बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड « Khabarhub

बजेटमा ओलीको असन्तुष्टि छैन, समीकरण टिक्छ, उथलपुथल गर्ने बेला भएको छैन : प्रचण्ड


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन आवश्यक रहेको बताएका छन् ।

सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका काम-कारबाही समग्रमा सन्तोषजनक र राम्रो रहेको भन्दै अझै गति दिनुपर्ने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको पनि उनले बताए । उनले बजेटप्रति ओलीले पोखेको असन्तुष्टिमा सत्यता नभएको पनि बताए ।

ओलीले आगामी वर्षको बजेटमाथि असन्तुष्टि जनाएको ‘जस्तो’ मात्रै गरेको दाबी दाहालले गरे ।

‘उहाँले असन्तुष्टि पोखेजस्तोमात्रै गर्नुभएको हो । साँच्चै गर्‍या होइन। उथलपुथल गर्ने बेला भएको छैन। यो समीकरण जान्छ, राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने अफवाहहरूमा सत्यता छैन’, उनलभ ने ।

उनले जनता र राष्ट्रका पक्षमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको पनि बताए । प्रधानमन्त्री दाहालले बजेटबारे एमालेको पनि कुनै असन्तुष्टि नरहेको जिकिर गरे ।

दाहालले समीकरण राम्रैसँग अघि बढिरहेकाले अहिले नै उथलपुथल गर्ने समय नभएको बताएका छन् ।

‘अहिलेको समीकरण राम्रैसँग अगाडि जान्छ । उथलपुथल गर्ने बेला भएको छैन’, उनले पत्रकारहरूसँगको सवाल-जवाफका क्रममा भने ।

प्रधानमन्त्रीले तीनवटै सुरक्षा प्रमुखहरूसँग आफूले केही दिनअघि छलफल गरेको बताए । अहिले परिवर्तन नहुने भएकोले ढुक्कसँग काम गर्न भनेको पनि जानकारी उनले दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिबारे प्रधानमन्त्रीले त्यसलाई अनौठो नमानेको बताए । उनीहरूले सुरुदेखि नै यस बिषयमा बोलिरहेकाले अन्यथा नलिएको जवाफ दाहालले दिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १ : ३० बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर