५०० हेक्टरभन्दा बढी क्षमताका सिँचाइ आयोजना संघीय सरकारले बनाउने « Khabarhub

५०० हेक्टरभन्दा बढी क्षमताका सिँचाइ आयोजना संघीय सरकारले बनाउने


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहाडी भेगमा ५०० हेक्टरभन्दा बढी सिँचाइ क्षेत्रफलमा सिँचाइ क्षमता हुने आयोजना संघीय सरकारले निर्माण गर्ने भएको छ । तराई तथा भित्री मधेसमा पाँच हजार हेक्टरभन्दा बढी सिँचाइ क्षेत्र भएका आयोजना पनि संघ सरकार अन्तर्गत रहने भएको हो ।

सरकारले प्रतिनिधि सभामा दर्ता गरेको जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले संघ, प्रदेश र स्थानीय तहको सिँचाइ क्षेत्रको क्षेत्राधिकार तोक्दै यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै, एकभन्दा बढी प्रदेशमा सञ्चालन हुने सिँचाइ आयोजना र क्लस्टर तथा ठूला नदी वेसिन करिडोर अवधारणामा निर्मित भूमिगत तथा लिफ्ट सिँचाइ आयोजना पनि संघ सरकारअन्तर्गत रहने प्रस्ताव छ ।

त्यस्ता सिँचाइ आयोजना निर्माण, सञ्चालन र रेखदेख संघ सरकारले नै गर्ने उल्लेख छ । त्यस्तै, पहाडमा १० देखि ५०० हेक्टर सिँचाइ क्षेत्र भएको र तराईमा १०० देखि ५ हजार हेक्टरसम्म सिँचाइ क्षेत्र भएको आयोजना प्रदेश सरकारमातहत रहने गरी क्षेत्राधिकार तोकिएको छ ।

डीप ट्युबवेलबाट गरिने सिँचाइ तथा लिफ्ट आयोजना र एकभन्दा बढी स्थानीय तहमा सञ्चालन हुने आयोजनाहरू पनि प्रदेशले हेर्ने व्यवस्था गरिएको हो ।

त्यस्तै, पहाडी क्षेत्रको हकमा १० हेक्टरभन्दा कम र तराई तथा भित्री मधेसमा १०० हेक्टरभन्दा कम सिँचाइ क्षेत्र भएको आयोजना स्थानीय तहले व्यवस्थापन गर्नेछ । स्यालो ट्युबवेलबाट गरिने र साना सिँचाइ आयोजनाहरू निर्माण भने स्थानीय तहमार्फत हुने प्रस्ताव गरिएको हो ।

उक्त विधेयक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादु बस्नेतले २०८१ जेठ ३१ मा प्रतिनिधि सभामा दर्ता गराएका हुन् । यसअघि समितिमा दफावार छलफल भएको उक्त विधेयक प्रचलित जलस्रोत ऐन, २०४९ कार्यान्वयन क्रममा देखिएका समस्या तथा चुनौती सम्बोधन गर्न जलस्रोत विधेयक तयार गरी संसदमा प्रस्तुत गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ५ : १९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक