प्रहरीले लखेटेपछि सडकभरि कवाडी व्यवसायीका चप्पल (तस्बिरहरू) « Khabarhub

प्रहरीले लखेटेपछि सडकभरि कवाडी व्यवसायीका चप्पल (तस्बिरहरू)


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन गरिरेका कवाडी व्यवसायीहरू मंगलबार कमलादीको सडक क्षेत्रमा उत्रिए ।

व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरूले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेर्न खोजेका थिए ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रमा विरोध जनाउँदै कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका थिए ।

उनीहरूले मंगलबार महानगरपालिकाको कमलादीस्थित कार्यालय घेराउ गरे । कवाड व्यवसायीहरूले दरबारमार्गदेखि कमलादी सडक क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्‍यो ।

उनीहरूमाथि प्रहरीले धरपकड गर्दै लाठी हानेपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए । प्रहरीले पानीको फोहरा हान्ने गाडीसमेत उतारेको थियो ।

प्रहरीले धरपकड गरेपछि भाग्ने क्रममा प्रदर्शनकारीका चप्पल-जुत्ता सडकभरि असरल्ल छरिएका छन् । प्रहरीको लाठीबाट जोगिन उनीहरूले छाडेका चप्पल साँझसम्म सडकै छरपस्ट भेटिए ।

तस्बिरहरू : ज्ञानु घिमिरे

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : २६ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको