विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल : अमेरिका र दक्षिण अफ्रिकाको पहिलो भिडन्त « Khabarhub

विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल : अमेरिका र दक्षिण अफ्रिकाको पहिलो भिडन्त


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधबारदेखि ‘सुपर ८’ का खेल हुँदैछन्। ‘सुपर ८’ को पहिलो प्रतिस्पर्धा दक्षिण अफ्रिका र अमेरिकाबिच हुँदैछ। यो खेल नेपाली समय अनुसार बुधबार साँझ ८:१५ बजे सुरु हुनेछ।

दक्षिण अफ्रिका समूह चरणका आठ खेलमा अपराजित रहँदै ‘सुपर ८’पुगेको हो। समूह चरणमा चार जित निकाल्दै समूह ‘डी’को विजेता बनेको साउद अफ्रिकालाई विश्वकपको दाबेदार टिम मानिन्छ।

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको साउथ अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि चार विकेटको जित निकालेको थियो। तेस्रो खेलमा बंगलादेशमाथि ४ रनले विजयी भएको दक्षिण अफ्रिका नेपालसँगको सनसनीपूर्ण चौथो खेलमा १ रनले विजयी भएको थियो।

समूह ‘ए’मा रहेको अमेरिका भने समूह चरणका दुई खेलमा जित, एक खेलमा अंक बाँडेको अमेरिका एक खेलमा हारसहित समूहको उपविजेता बन्दै सुपर ८ पुगेको हो।

पहिलो खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित निकालेको अमेरिले दोस्रो खेलमा पाकिस्तानसँग सुपर ओभर खेलेको थियो। पाकिस्तानसँग सुपर ओभरमा विजयी भएको अमेरिका तेस्रो खेलमा भारतसँग ७ विकेटले पराजित भयो। चौथो खेलमा भने भारतले आयरल्यान्डसँग अंक बाँडेको हो। अमेरिका पाँच अंक जोड्दै समूहको उपविजेता बनेर ‘सुपर ८’ पुगेको हो।

आयोजक अमेरिका र दक्षिण अफ्रिकाको सुपर ८ को पहिलो भिडन्तलाई रोचक रुपमा लिइएको छ।

‘सुपर ८’ मा खेल्ने आठ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ। यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश छन्। समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इङ्गल्यान्ड छन्। दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ६ : २३ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको