पाटन हत्या घटना : भागिरहेको अवस्थामा जंगलबाट थप एकजना पक्राउ « Khabarhub

पाटन हत्या घटना : भागिरहेको अवस्थामा जंगलबाट थप एकजना पक्राउ


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.2k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं–  बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  पाटन–६ का २६ वर्षीय आशिष पहरी रहेका छन् ।

प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन–५ कुवापानी जंगलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिए। 

मृतक विरभानका आफन्तले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । उनीहरु सबै पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

पहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि पाटन–६ की ३६ वर्षीया भागरथी विष्ट,  पाटन–१ का राजेन्द्र भट्टराई र किशोर भट्टराई तथा पाटन–६ कै भरतमोहन विष्टलाई पक्राउ गरिसकेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यही असार १ गते शनिबारदेखि बेपत्ता विरभान विष्टको शव सोमबार दिउँसो पाटन–६ घाङल खोलामा फेला परेको थियो । भागरथीले विष्टको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन् । काठको चिरपटले हानेर विरभानको हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन् । भागरथी स्थानीय सहस्त्रलिङ्ग आधारभूत विद्यालयकी शिक्षिका हुन् भने मृतक विष्ट ट्रक चालक हुन् । 

हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना