भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु « Khabarhub

भारतको तामिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ । भारतीय मिडियाहरूले विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको बताइएको छ । मदिरा सेवन गरेपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुन थालेको प्रहरीले बताएको छ ।

प्रहरीले यस प्रकरणमा एक जनालाई पक्राउ गरेको छ भने उनको साथबाट मिथानोल मिसाइएको
करिब दुई सय लिटर विषालु मदिरा बरामद भएको छ ।

घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर–एसपीलाई बर्खास्त गरेको छ । उनको स्थानमा कलेक्टरमा एमएस प्रशान्त र एसपीमा रजत चतुर्वेदीलाई नियुक्त गरिएको छ।

२० भन्दा बढीलाई कल्लाकुरिची मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । १८ जनालाई पुडुचेरी जिपमेर र ६ जनालाई सलेममा पठाइएको थियो । उनीहरुको उपचारका लागि विल्लुपुरम, तिरुवन्नमलाईसलेमबाट औषधि ल्याइएको छ । कल्लाकुरिची अस्पतालमा चिकित्सकको विशेष टोली बोलाइएको छ ।

यो घटनापछि कल्लाकुरिचीका डीएम श्रवणकुमार जाटवाथको सरुवा गरिएको छ भने एसपी समय सिंह मीनालाई निलम्बन गरिएको छ ।

यसबाहेक कल्लाकुरिची जिल्लाको निषेधाज्ञा शाखाका प्रहरीसहित ९ जना प्रहरी निलम्बनमा परेको मिडिया रिपोर्टमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ११ : ५५ बजे

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

काठमाडौं- यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय