मेचीनगरका वडामा छैनन् नागरिक बडापत्र « Khabarhub

मेचीनगरका वडामा छैनन् नागरिक बडापत्र


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडावासीलाई प्रदान गरिने सेवा, सुविधा, लाग्ने शुल्क र समयसीमा किटान गरिएको ‘नागरिक बडापत्र’ राखेका छैनन् ।

कार्यालयमा बडापत्र नराख्दा सेवाग्राही मर्कामा परेका छन् । बडापत्र कार्यालयमा नहुँदा सेवाग्राही काम कहाँ गराउने, सम्पर्क कसलाई गर्ने, शुल्क र समय कति तिर्ने भन्ने विषयमा अन्योलमा पर्ने गरेका जनाइएको छ ।

मेचीनगर नगरपालिकामा १५ वटै वडामा नागरिक बडापत्र राखिएका छैनन् । हरेक सरकारी कार्यालय परिसरमा सेवाग्राहीले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नुपर्ने कानुनी व्यवस्था छ । मेचीनगरका वडा कार्यालयले यो नियम पालना गरेका छैनन् ।

मेचीनगर–१० का सम्रता न्यौपानेले कार्यालयमा बडापत्र नराख्दा सेवा लिन जाँदा झन्झट बेहोर्नुपरेको गुनासो गरिन् ।

उनले आफूले कर्मचारीसँग सोधेरै काम गराउनुपरेको र सरकारी दस्तुर कति लाग्ने भन्नेबारे पनि कर्मचारीबाटै जानकारी लिनुपरेको बताइन् । सेवाग्राहीलाई झन्झटबाट मुक्त गराउन पनि कार्यालयमा नागरिक बडापत्र अनिवार्य रहेको उनको भनाइ छ ।

नागरिक बडापत्र हालसम्म कार्यालयमा नभएको वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले तत्काल बनाउन कर्मचारीलाई निर्देशन दिएको बताए ।

मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले नागरिकको सूचनाको हक सुनिश्चित गर्नका लागि नागरिक बडापत्र आवश्यक रहने बताए । उनले नगरपालिका कार्यालयबाटै बडापत्र बनाएर पठाउने भनेकाले अहिलेसम्म पर्खिएर बसेको जनाउँदै अब अन्यको बाटो नहेर्ने र आफैँ नागरिक वडापत्र राख्न लागेको बताए ।

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १२ : १५ बजे

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले

नेपाल-इटालीको खेल : तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम

काठमाडौं–  मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल र इटालीको हुनु अगाडि

आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

झापा–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल सस्तैमा आउट

काठमाडौं- आईससी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र