प्रधानमन्त्रीको जवाफ- संसद्‌ अवरोध हुँदा बजेटमा पर्याप्त छलफल भएन « Khabarhub

प्रधानमन्त्रीको जवाफ- संसद्‌ अवरोध हुँदा बजेटमा पर्याप्त छलफल भएन


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌ सुचारू हुन नसक्दा सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि पर्याप्त छलफल हुन नसकेको बताएका छन्‌ ।

प्रतिनिधि सभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा कांग्रेस सांसद्‌ तेजुलाल चौधरीले राखेका प्रश्नको जवाफ दिँदै दाहालले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माण प्रकृयाको परम्परागत अभ्यासमा परिवर्तन गर्न आफूले पहिल्यै घोषणा गरेको, तर संसद्को कारबाही नियमित सुचारू हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रकृयामा अपेक्षा गरेअनुसारको रुपान्तरण गर्न नसकिएको जवाफ दिएका हुन्‌ ।

सांसद्‌ चौधरीले प्रतिनिधि सभामा सबै २५० सांसद्‌को भूमिका र अधिकार समान छ, तर नेपाल सरकारले र नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट छुट्याउँदा संघीयता र गणतन्त्र कमजोर पार्छ कि पार्दैन ? निर्वाचन क्षेत्रपिच्छे किन यस्तो विभेद ? भनी प्रश्न गरेका थिए ।

दाहालले सबै पक्षसँग छलफल गरी बजेटमा तालमेल मिलाउने प्रयास गरिएको दाबी गरे ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : ०१ बजे

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू