काठमाडौं महानगरका विभागीय प्रमुखको गाडी बरामद  « Khabarhub

काठमाडौं महानगरका विभागीय प्रमुखको गाडी बरामद 


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखले लामो समयदेखि दुरुपयोग गर्दै आएको गाडी बरामद गरेको छ । 

महानगरपालिकाले ईयूले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजुकी कार कार्यालय समयमा बालाजुस्थित निवासबाट बरामद गरेको हो । 

उक्त गाडी लामो समयदेखि महानगरका एक १० औँ तहका विभागीय प्रमुखको जिम्मा थियो । ती विभागीय प्रमुख महानगरबाट फोटोन कम्पनीको अर्को गाडी चढ्दै आएका थिए भने मारुती सुजुकीमा सरकारी नम्बर प्लेट नराखेरै आफ्नी श्रीमतीलाई दिएका थिए । 

महानगरपालिकामा परेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त गाडी बालाजुमा १० तहका एक विभागीय प्रमुखकी श्रीमतीबाट बरामद गरिएको महानगर स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त गाडी ती विभागीय प्रमुखले सात वर्ष पहिले नै महानगरबाट लिएका थिए । 

‘बायो ग्यास प्लान्ट सञ्चालनमा छैन । तर, गाडी विभागीय प्रमुखले आफ्नो घरायसी प्रयोजनमा लगाएको भन्ने गोप्य उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा गाडी महानगरले तानेको हो,’ स्रोतले भने, ‘गाडीका चाबी उनकी श्रीमतीसँग फेला परेको छ । गाडीमा घरायसी प्रयोजनका खाद्य सामग्री पनि फेला परेको छ । गाडी कार्यालयमा ल्याएर राखेका छौँ । आवश्यक छानबिनको तयारी हुँदै छ ।’

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : २६ बजे

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा चार माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा चार वटा

साताको दुई दिन बिदा स्थायी रुपमै लागू गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले हप्ताको दुई दिन बिदालाई स्थायी रुपमै कार्यान्वयनको