समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गर्ने निर्णय « Khabarhub

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गर्ने निर्णय


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गर्ने निर्णय भएको छ । यसअघि कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय आज (बिहीबार) बसेको परिषद् बोर्ड बैठकले अनुमोदन गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगवती चौधरीको अध्यक्षतामा बसेको बैठकले कार्यक्षेत्र प्रदेश तहमा विस्तार गर्नेसम्बन्धी निर्णय गरेको परिषद्‌ले जानकारी दिएको छ ।

परिषद्‌का अनुसार सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाइएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ ।

बैठकले परिषद्लाई थप व्यवस्थित गर्न डिजिटलाइजेशनमा लैजाने प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिएकी थिइन् ।

बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन समेत परिवर्तन गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : ०८ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण