अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य « Khabarhub

अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले अफगानिस्तानलाई एक सय ८२ रनको चुनौती दिएको छ ।

केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

भारतका लागि सुर्य कुमार यादवले अर्धशतक प्रहार गरे । २८ बलको सामना गरेका यादवले पाँच चौका र तीन छक्कासहित ५३ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४, रिसब पन्तले २० रन बनाए । भारतीय कप्तान रोहित पौडेल आठ रन बनाएर पेभेलियन फर्किएका थिए ।

अफगानिस्तानका लागि रासिद खान र फजलहक फारुकीले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका रासिदले २६ रन खर्चिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १० : १२ बजे

झापा कारागारका एक कैदीको मृत्यु

झापा– जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर

धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’

भोजपुर– यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः

फोरियो खुलामञ्चको स्वरुप, सर्वसाधारणले घुम्न पाउने

काठमाडौं– काठमाडौंको खुलामञ्च अहिले पुनर्जागरणको काम अन्तिम चरणमा पुगेको छ