भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो « Khabarhub

भारतीय पुँजी बजारमा विदेशी लगानीको ओइरो


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका निर्वाचित भएसँगै भारतमा उल्लेखनीय विदेशी लगानी भित्रिरहेको पाइएको छ ।

भारतीय आर्थिक अनलाइन समाचार पोर्टल बिजनेस स्ट्याण्डर्डका अनुसार पछिल्ला दुई सातामा मात्रै भारतीय पुँजी बजारमा २ अर्ब ४० करोड अमेरिकी डलर बराबरको विदेशी लगानी भित्रिएको छ । यसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट लगानी भित्रिएको जनाइएको छ ।

यसलाई प्रधानमन्त्री मोदी तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै विदेशी लगानीकर्तामाझ भारतमा लगानी गर्न विश्वासको वातावरण बन्दै गएको अर्थमा विश्लेषण गरिएको छ ।

‘चुनावको स्पष्ट नतिजाको अपेक्षामा धेरै लगानी अड्किरहेको थियो । हामीले पछिल्लो दुई सातामा भारतमा लगानीकर्ताको भिड लागेको पाएका छौँ ।’ एलारा क्यापिटलका सुनिल जैनलाई उद्धृत गर्दै बिजनेस स्ट्याण्डर्डले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै अमेरिकाबाट ७० करोड, आयरल्याण्डबाट ४४ करोड र जापानबाट ४३ करोड डलर भारतीय बजारमा भित्रिएको जैनको भनाइ छ ।

विदेशी लगानीकर्ताहरू चीनबाट बाहिरिइरहेको अवस्थामा भारतमा लगानीकर्ता आकर्षित भएको स्ट्याण्डर्डको विश्लेषण छ । पछिल्ला तीन सातामा चिनियाँ बजारबाट २ अर्ब ३० करोड बराबरको विदेशी लगानी बाहिरिएको जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : ०८ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी