राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम : प्रधानमन्त्री « Khabarhub

राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम : प्रधानमन्त्री


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम भएको दाबी गरेका छन्‌ ।

प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्रीले सबै सेवाहरू एकै ठाउँ (राष्ट्रिय परिचयपत्र)मा केन्द्रीकृत गरेर जनताले बैंकिङ, घरजग्गा, शेयरसँग सम्बन्धित सबै कुरा एउटै बिन्दुबाट पाउने व्यवस्था गरिएको बताए ।

‘भर्खरै राष्ट्रिय परिचयपत्रमा सबै अन्तरआबद्धता कायम गर्नेगरी वन डोर सिस्टमबाट जाने जो कुरा गरिएको छ- यो हामीले गरेको क्रान्तिकारी काम हो,’ दाहालले भने, ‘यसले अब सबै सेवाहरू एकै ठाउँमा केन्द्रीकृत गरेर जनताले बैंकिङ, घरजग्गा, शेयरसँग सम्बन्धित सबै कुरा एउटै बिन्दुबाट पाउने व्यवस्था गरिएको छ ।’

दाहालले थपे, ‘अहिले हामीले आइटी दशक र कृषि दशकको जे कुरा गरेका छौं- त्यो आफैंमा उद्धेश्यमूलक ढङ्गले देशको अर्थतन्त्र सुधारका लागि गरिएका दीर्घकालीन रणनैतिक कदमहरू हुन्‌ ।’

यो पनि-

ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने

प्रधानमन्त्रीलाई पन्तको प्रश्न- ‘आफूले गरेको कामबाट आफैँ सन्तुष्ट हुनुहुन्छ ?’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ३० बजे

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही