बंगलादेशमा भीषण आगालागी, ५० हजार बढी बने घरबार विहीन | Khabarhub Khabarhub

बंगलादेशमा भीषण आगालागी, ५० हजार बढी बने घरबार विहीन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बंगलादेशमा भीषण आगलागी भएको छ । बंगलादेशको राजधानी ढाकास्थित एक बस्तीमा आगलागी भएको हो । आगलागीबाट ५० हजार बढी घरबार विहीन बनेका छन् ।

आगलागीबाट १५ हजार भन्दा बढी घर जलेर खरानी भएका छन् । प्लास्टिकका छत भएका अधिकांश घरहरु भएका कारण आगो नियन्त्रणमा लिन मुस्किल भएको अधिकारीहरुले बताएका छन् ।

आगलागीबाट केही मानिस घाइते भएको जनाइए पनि अहिलेसम्म कसैको ज्यान नगएको जनाइएको छ । आगलागी भएको इलाकामा अधिकांश मजदूरहरुको बस्ती रहेको थियो । आगलागी के कारणले भएको हो, यसबारे केही खुलाइएको छैन ।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । आगो नियन्त्रणमा लिनका लागि दमकल, प्रहरी र स्थानीयलाई ६ घण्टा भन्दा बढीको समय लागेको थियो ।

आगलागी प्रभावितहरुलाई सरकारले तत्कार राहत र उद्धारको व्यवस्था गर्ने जनाएको छ । आगलागीबाट घरबार विहीन बनेकाहरु रात कसरी बिताउने भन्ने चिन्तामा रहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ४० बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक