ग्लोबल टी–२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने « Khabarhub

ग्लोबल टी–२० लिग : नेपालका रोहित, दीपेन्द्र र सन्दीपले खेल्ने


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका तीन क्रिकेटर– रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० प्रतियोगिता खेल्ने भएका छन् ।

कप्तान रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् । उनको यो पहिलो ग्लोबल टी–२० क्यानडा लिग हो ।

यस्तै, दीपेन्द्र र सन्दीपले भ्यान्कोभर नाइट्सबाट खेल्ने छन् । गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दीपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

कप्तान रोहितले पहिलोपटक ग्लोबल टी–२० क्यानडा लिग खेल्न लागेका हुन् ।

यस सिजनको ग्लोबल टी–२० जुलाई २५ देखि अगस्ट ११ सम्म क्यानाडाको ओन्टारियोमा हुँदैछ ।

यो ग्लोबल टी२० को चौथो सिजन हो । यस अघि  २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : १४ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने