शिकार खेल्दा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु « Khabarhub

शिकार खेल्दा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा भरुवा बन्दुकको गोली लागेर नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको मृत्यु भएको हो ।

आज नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा शिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा धङ्केकाे टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

स्थानीयका अनुसार डडालले सोही वनमा पासा थापिरहेका थिए । गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ९ : ०५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा– झापामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित