नेकपा र कांग्रेस आन्तरिक झमेलामा, साना दल सक्रिय बन्दै गाउँ–गाउँमा « Khabarhub

नेकपा र कांग्रेस आन्तरिक झमेलामा, साना दल सक्रिय बन्दै गाउँ–गाउँमा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूला दल सुस्त देखिए पनि साना दल सक्रिय भएका छन् । सत्तारुढ दल नेकपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेस आन्तरिक झमेलामा फसेका बेला सान दल राष्ट्रव्यापी अभियान लिएर गाउँ पसेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार छापेको छ ।

भ्रातृ संगठन नेविसंघ विघटन तथा नयाँ विधानमा सहमति जुट्न नसक्दा कांग्रेस अन्योलमा छ । शीर्ष नेताबीचको टकरावका कारण महासमितिले पारित गरेको विधानलाई कांग्रेस अन्तिम रुप दिन सकेको छैन ।

त्यसैगरी भ्रष्टाचारमा मुछिएपछि राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि विस्तृत अनुसन्धान थालेको विषयमा ‘पाठकसँग बयान लिँदै अख्तियार’ शीर्षकमा समाचार छापेको छ ।

रेश्मा बलात्कार–हत्या प्रकरणको समाचारलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ । फ्रुटी र चाउचामा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका–३ हरिहरपुरकी दुतिया रासइली (रेश्मा)लाई बिहेमै आएका एक युवाले बलात्कार पछि हत्या गरेका हुन् ।

वैदेशिक लगानी घटेको अवस्थामा अब नेपालीले लगानी गर्ने भनेकै जलविद्युतमा हो । जलविद्युतमा स्वदेशका निजी क्षेत्रको उत्साहजनक सहभागिता भइसकेको छ । निजी क्षेत्रले उनीहरुको आर्थिक, प्राविधिक क्षमताले भ्याएसम्म लागनी गर्दैछन् । त्यसैले सरकारले आह्वान गरेको नेपालको पानी, जनताको लागनी नै आकर्षक योजना हुने आसयको पत्रिकाले सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ७ : ०४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी