भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो « Khabarhub

भारतको विहारमा एक सातामा तेस्रो निर्माणाधीन पुल भत्कियो


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बिहारको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारमा पछिल्लो एक हप्तामा पुल भत्किएको यो तेस्रो घटना हो ।

मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतीको खबर नभएको अधिकारीहरूले जनाएका छन् । ग्रामीण निर्माण विभागले घोरासहन ब्लकको नहरमा निर्माणाधीन १६ मिटर लामो पुल भत्किएको बताएका छन् ।

यो पुल अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्न निर्माण गरिएको हो । डेढ करोडको लागतमा निर्माण हुन लागेको हो ।

यस अघि जुन ४ मा पनि बिहारको खगरियामा गंगामाथि बनेको पुलको एक भाग नदीमा डुबेको थियो । यो पुल भागलपुर जिल्लाको सुल्तानगञ्ज र खगरिया जिल्लाको अगुआनी बीच करिब १७१७ करोड भारुको लागतमा निर्माण भइरहेको थियो ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ५४ बजे

आगलागीमा परी एक जना वृद्धको मृत्यु

किमाथाङ्का– चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत्यु भएको

रणवीर सिंह-अक्षय खन्ना स्टारर ‘धुरन्धर’ को नेपाल बक्सअफिसमा बलियो प्रदर्शन

काठमाडौं– रणवीर सिंह र अक्षय खन्ना स्टारर बलिउड फिल्म ‘धुरन्धर’

नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि आयोजना हुने

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११

एमाले महाधिवेशनबाट यसरी चयन हुनेछ नेतृत्व, कुन क्लस्टरबाट कतिजना आउँछन् ?

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत आइतबार भृकुटीमण्डपमा पहिलो दिनको

पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक– निर्धारित समय सीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम