संसद्‍का आन्दोलित कर्मचारीसँग छलफलमा कानुनमन्त्री नेतृत्वको टोली « Khabarhub

संसद्‍का आन्दोलित कर्मचारीसँग छलफलमा कानुनमन्त्री नेतृत्वको टोली


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्व टोलीले छलफल गरिरहेको छ।

मन्त्री गिरी नेतृत्वको तीन सदस्यीय टोलीले अहिले संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद्‍ भवनमा संसद् अघि बढाएको हो ।

कर्मचारी युनियनका प्रतिनिधिसँग कानुनमन्त्री मन्त्री, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय , राष्ट्रियसभाका सचिव र एमाले सचेतक सुनिता बरालसहित संवादमा जुटेका हुन्।

आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायत नेताहरूको बैठकले कर्मचारीको मागबारे सहजीकरणका लागि समिति बनाएको थियो ।

समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य थिए ।

अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरू विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा छन् ।

 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १ : ०१ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने