सहकारी पीडितहरूको आन्दोलनमा सांसददेखि मन्त्रीसम्म (तस्बिरहरू) « Khabarhub

सहकारी पीडितहरूको आन्दोलनमा सांसददेखि मन्त्रीसम्म (तस्बिरहरू)


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी बचत संरक्षण राष्ट्रिय अभियान (महासंघ)को आन्दोलनमा सांसददेखि मन्त्रीसमेत पुगेका छन् ।

आइतबार काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका सहकारी पीडितहरूलाई साथ दिन सांसददेखि मन्त्रीसमेत पगे ।

आन्दोलनरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् संघीय सांसद चित्रबहादुर केसी सहभागी भए । उनले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरू रहेको छानबिन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने बताएका छन् ।

केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गरे । सहकारीबाट बचत रकम फिर्ताका लागि निर्णायक आन्दोलन गर्न उनले सुझाव दिए ।

यसैगरी सहकारी पीडितहरूको आन्दोलनमा बागमती प्रदेशका सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य पनि पुगेका छन् ।

आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले सहकारी पीडितहरूलाई न्याय दिनुपर्ने धारणा राखे ।

 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : ३९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर