कम्पनी परिवर्तन गर्दा कतारमा विदेशी श्रमिकले उपदान पाउने « Khabarhub

कम्पनी परिवर्तन गर्दा कतारमा विदेशी श्रमिकले उपदान पाउने


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीका लागि कतार गएका विदेशी श्रमिकले रोजगारदाता कम्पनी परिवर्तन गर्दा उक्त कम्पनीले उपदान दिनुपर्ने भएको छ ।

कतारको कानुन मन्त्रालयले विदेशी श्रमिकले आफु कार्यरत कम्पनी परिवर्तन गर्दा, छोडदा तथा कम्पनीले निकल्दा इन्ड अफ सर्भिस (ग्राचुइटी) अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ । ग्राचुइटीलाई नेपालमा उपदान भनिन्छ ।

कतारको कानुनअनुसार एक वर्षभन्दामाथि रोजगार गरी कम्पनी परिवर्तन गर्दा, रोजगारदाताले निकल्दा र कामदारले नै छोडदा यो सुविधा पाउन छन् ।

ग्राचुइटीमार्फत कम्पनीले कम्तीमा तीन हप्ता बराबरको तलब सुविधा र २१ दिनको बिरामी खर्च श्रमिकलाई दिनुपर्ने जनाइएको छ । हाल कतारमा रोजगारीका लागि आउने विदेशी कामदारको आकर्षण बढ्दै गएपछि कतारले श्रम कानुनलाई कडाइ गर्ने थालेको छ ।

हाल कतारमा ४० लाखभन्दा धेरै विदेशी श्रमिक कार्यरत रहेका छन् । जसका ५ देखि ७ लाख नेपाली रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १२ : २२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको