गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई | Khabarhub Khabarhub

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा घरेलु टोली कास्कीलाई ४५ रनले पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । विजेता स्याङ्जाले नगद रु एक लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता कास्कीले रु ५० हजार ट्रफी र मेडल पुरस्कार प्राप्त गर्यो ।

फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको स्याङजाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय पाँच रन बनाएको थियो । उसका लागि कुसुम गोदारले ३१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडिन् ।

सिमाना केसीले ३६ बलमा दुई चौकाका साथ २४ रनको योगदान दिइन् । यसैगरी ज्योत्सना मरासिनीले १४ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अङ्कको रन छुन सकेनन् ।

कास्कीका लागि सुशीला दिम्दुङ र पूर्णिमा गुरुङले समान दुई÷दुई विकेट लिए । रचना चौधरी, चन्द्रमायाँ बराल र रिया तामाङले समान एक÷एक विकेट लिए ।

उपाधिका लागि एक सय छ रनको लक्ष्य पछ्याउने क्रममा कास्की २० ओभरमा नौ विकेट गुमाउँदै ६० रनमा सीमित भयो । कास्कीले १५ रन अतिरिक्त दोहोरो रन आफ्नो पारीमा जोडे पनि कुनै पनि खेलाडीले दोहोरो अङ्क छुन भने सकेनन् । कास्कीका खेलाडीहरुले आफ्नो पारीमा ४५ रन मात्रै बनाए ।

स्याङ्जाका लागि बलिङतर्फ आकृति तिवारीले चार ओभरमा एक मेडन राख्दै १२ रन दिएर दुई विकेट लिइन् । ‘ओमन अफ दी म्याच’ घोषित सिमाना केसीले तीन ओभर बलिङमा पाँच रन दिएर दुई विकेट लिन सफल हुँदा रञ्जना साउदले दुई ओभरमा पाँच रन दिएर दुई विकेट लिइन् । यसैगरी कुशुम गोदारले एक विकेट लिन सफल भइन् ।

प्रतियोगितामा स्याङ्जाकी कुसुम गोदार ‘प्लेयर अफ दि सिरिज’ र ‘बेष्ट व्याटर’ बन्न सफल भइन् । कास्कीका चन्द्रमाया बराल उत्कृष्ट बलर बन्न सफल भइन् । उनीहरुले नगदसहित ट्रफी प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको व्यवस्थापनमा यही असार ७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा चार जिल्लाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमले लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ४५ बजे

युएईको भ्रमण गर्दै ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

चितवन– चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ– खोटाङको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर

हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

झापा– हावाहुरीका कारण घर भत्किँदा झापामा बुधबार राति एक जनाको

भूमिहीन भएको चार दशकपछि जग्गाधनी पुर्जा

बाँके– पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका