भारतसँगको समझदारीमा ईपीजी प्रतिवेदन बुझ्न पहल गर्दैछौँ : प्रधानमन्त्री « Khabarhub

भारतसँगको समझदारीमा ईपीजी प्रतिवेदन बुझ्न पहल गर्दैछौँ : प्रधानमन्त्री


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप–ईपीजी) को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको बताएका छन्।

उनले पछिल्लो पटक आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको पनि बताएका छन् ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूका पुरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध र सन्धीलाई राष्ट्रिय समहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे ।

रूस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकहरूको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङघका काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उनले बताए।

प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्न सुझावका लागि कार्यदलसमेत गठन गरिएको जानकारी दिए ।

उनले बन्धक बनाइएका नेपालीहरूका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पारे ।

राजदूत नियुक्तिलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै उनले आगामी दिनमा यस कार्यलाई थप व्यवस्थित गरिने बताए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ५९ बजे

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

कास्की– पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको

ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने

काठमाडौं– के तपाईँ ट्राफिक नियम उल्लङ्घनमा परेपछि प्रहरीलाई सवारी चालक अनुमति