बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री « Khabarhub

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष २०८१-८२ को बजेट तुलनात्मक रुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले तिव्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य बजेटले लिएका स्पष्ट पारे ।

‘सोहीअनुरुप स्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेस र सुदूरपश्चिमलगायत क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रूपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको छ’, उनले भने, ‘प्रदेशगत विनियोजनको तथ्याङ्क हेर्दा कर्णाली र मधेस प्रदेशलगायत भौगोलिक क्षेत्रमा तुलनात्मक रुपमा पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

बजेटले पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र निर्धारण गरी लक्ष्यित उद्देश्य हासिल गर्न विभिन्न मन्त्रालयका कार्यक्रम तर्जुमा भई बजेट विनियोजन गरिएको उनले बताए।

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १ : २८ बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि