‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’ « Khabarhub

‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी कदम चाल्दै आएको बताएका छन्‌ ।

प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अहिले केही पनि नयाँ भएन भनेजस्तो गरी प्रश्न आउने गरेको गुनासो गरे ।

‘केही माननीय सदस्यज्यूहरूले अहिले पनि केही नभएको आशयसहित कुरा राख्नुभयो । अहिले मैले लामो व्याख्या त गर्न सक्दिनँ’, उनले भने, ‘सरकारको तर्फबाट यसबीचमा सुशासनको पक्षमा, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासका पक्षमा धेरै सकारात्मक पहलहरू भएका छन्‌ ।’

उनले यी कदमहरू चालिरहँदा सरकारले केही गरेन भनेर आरोप लगाउनु ठीक नहुने उनको तर्क छ। ‘त्यसैले सरकारले केही नयाँ गरेको छैन, उही पुरानो चलिराखेको छ भन्नु ठीक होइन’, उनले भने, ‘केही सांसद्‌हरूले यसो भन्दा मलाई अचम्म लाग्ने गरेको छ ।’

उनले कांग्रेसतिर लक्षित गर्दै देशमा दशकौँ नेतृत्व गरेर पनि केही गर्न नसकेको उल्लेख गरे । ‘जसले दशकौँसम्म देश/सरकारको नेतृत्व गर्नुभयो । उहाँहरूले नै आज देशलाई यो स्थितिमा पुर्‍याउनुभयो भन्न मन लाग्छ मलाई’, उनले भने, ‘तपाईंहरूले के के गर्नुभएको थियो भन्न मन लाग्छ मलाई । अहिले त धेरै कुरा सन्तुलित र सकारात्मक अवस्थामा आएका छन्‌ ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : २७ बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद