होण्डुरसमा दुई क्लबका समर्थकबीच हिंसा भड्किँदा ३ जना मारिए « Khabarhub

होण्डुरसमा दुई क्लबका समर्थकबीच हिंसा भड्किँदा ३ जना मारिए


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेगुसिगाल्पा– ल्याटिन अमेरिकी मुलुक होण्डुरसमा फुटबल खेलका बेला दुई क्लबका समर्थकबीच भएको झडपमा ३ जना मारिएका छन् ।

राजधानी टेगुसिगाल्पामा रहेका दुई क्लबहरु मोटागुआ र ओलम्पिया क्लबबीच हुन लागेको खेलअगाडि समर्थकबीच हिंसा मच्चिएको हो । हिंसाका क्रममा अरु १० जना घाइते भएका छन् ।

राष्ट्रिय रंगशालामा हुन लागेको खेलअघि समर्थकको भीडले मोटागुआ क्लबका खेलाडी बोकेको बसमा ढुङ्गामुढा प्रहार गरेका थिए । समर्थकले प्रहार गरेको ढुङ्गामुढाका क्रममा तीन खेलाडी घाइते भएका थिए ।

त्यसपछि रंगशालामा दुबै क्लबको समर्थकबीच हिंसा मच्चिएको थियो । दुबै क्लबका समर्थकले छुरा र बन्दुकले विपक्षी समर्थकलाई आक्रमण गरेका थिए । आक्रमणमा ७ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जना गम्भीर अवस्थामा छन् ।

रंगशालामा हिंसा भड्केपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि रंगशालाभित्रै भागदौड मच्चिएको थियो । हिंसा नरोकिएपछि आयोजकले खेल रद्द गर्नुपरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ०९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार