प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटम : भदौसम्म माग पूरा नगरे आन्दोलन थाल्छौँ « Khabarhub

प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटम : भदौसम्म माग पूरा नगरे आन्दोलन थाल्छौँ


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

गोरखा र धादिङस्थित बूढीगण्डकी बहुउद्देश्यीय परियोजना छुट्टै ऐनअन्तर्गत अधिकारसम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ बनाएर छिटो बनाउन उनले माग गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो आयोजना प्रभावितका माग पूरा गर्न भन्दै प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।

पार्टी नेतासमेत रहेका छोरी मानुषी यमी र ज्वाइँ जेकेन्द्र श्रेष्ठसहित प्रधानमन्त्री दाहाललाई भेट्न बाबुराम सिंहदरबार छिरेका थिए ।

उनले आफ्ना मागहरू आगामी भदौ मसान्तसम्म माग पूरा नगरिएए सबै सरोकारवालालाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

माग पूरा नभए आन्दोलन थाल्ने जानकारी पनि ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री दाहाललाई गराएको बाबुरामले सिंहदरबारबाट बाहिरिने क्रममा बताएका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : २२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर