उपचारपछि स्वदेश फर्किए प्रकाशमान सिंह « Khabarhub

उपचारपछि स्वदेश फर्किए प्रकाशमान सिंह


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । उनी भारतको नयाँ दिल्लीबाट शुक्रबार दिउँसो काठमाडौं फर्किएका हुन् ।

वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि सुझाएपछि उनी करिब एक महिना अघि प्रोस्टेटको उपचार गर्न नयाँ दिल्ली गएका थिए ।

सुरुमा उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परामर्श गरेका थिए । त्यसपछि उनले ललितपुरस्थित मेडिसिटी अस्पतालमा पनि चेकजाँच र परीक्षण गराएका थिए ।

तर, यी दुवै अस्पतालमा समस्या पहिचान हुन नसकेपछि नेता सिंह चिकित्सककै सल्लाहमा दिल्ली गएका हुन् ।

‘भर्खरै स्वास्थ्य लाभ गरी काठमाडौं आइपुग्नु भएको छ । केही दिनको आरामपछि नियमित काममा सक्रिय हुनुहुन्छ,’ सिंहका स्वकीय सचिव युपी लामिछानेले भने ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : ४० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक