सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम | Khabarhub Khabarhub

सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।

सुदूरपश्चिम पतृना अत्तरिया तेघरीका अनुसार छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी  गरेका हुन् ।

कञ्चनपुरका छ, कैलालीमा तीन, डडेल्धुरा र दार्चुलामा दुई/दुई, बाँकी डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक/एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ ।

युवा वर्गलाई अनुशासित, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ ।

यस क्रममा शुक्रबार महेन्द्रनगरस्थित श्री राष्ट्रिय  बाल विद्यालयमा पनि सो तालिमको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापाले शुभारम्भ गरे ।

उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सेनाको रुद्र ध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नंं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्द, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जङ्ग ठकुरी, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, राष्ट्रिय विद्या निकेतनका प्रधानाध्यापक महेश भट्टलगायतको सहभागिता रहेको थियो ।

जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ ।

सेनाले दिएको जानकारीअनुसार २०२२ सालदेखि मुलुकमा सेनाले विद्यार्थीलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : २६ बजे

‘टोकियो सप्ताह’ को तयारी पुरा, पण्डित दिनबन्धु टोकियोमा

टोकियो– आगामी साता यहाँ हुन लागेको ‘टोकियो सप्ताह-२०२५’ को तयारी

पक्राउ परे सिंहदरबार र संसद् भवन आगजनीमा संलग्न एक युवक

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा

रास्वपा केन्द्रीय कार्यालयका घर मालिकले छाडे पार्टी सदस्यता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली च:मतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक

बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

क्यानाडाका प्रधानमन्त्रीले भने- पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउँछु

ओटावा– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मंगलबार आफ्नो पहिलो बजेट