एमाले उपाध्यक्ष बादल पुत्र प्रतीक बौद्धबाट पक्राउ « Khabarhub

एमाले उपाध्यक्ष बादल पुत्र प्रतीक बौद्धबाट पक्राउ


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादलका पुत्र प्रतीक नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।

प्रहरीले यसअघि बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनी उक्त प्रकरणमा हाल थुनामा रहेका छन् ।

राईले नै अनुसन्धानका क्रममा प्रतीकको नाम लिएका थिए। तर त्यसबेला प्रतीकले विज्ञप्ति निकालेर आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रतीकको पनि संलग्नता देखिए थियो  । तर त्यसपछि उनी निरन्तर फरार थिए ।

‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेकाे खुलेको थियो ।

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी  तथा उनका छोरा सन्दीप रायमाझी जेल पुगेका थिए ।

जसमध्ये सन्दीप र पूर्वगृहमन्त्री खाँण छुटेका छन् । रायमाझी, राई र पाण्डे अझै पनि थुनामै छन् । जिल्ला र उच्च दुवै अदालतले उनीहरूलाई थुनामै राख्ने आदेश दिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ५३ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा